रञ्जन अधिकारी पोखरा, ६ फागुन / दाह्री पाल्ने र शौखिन युवाहरुको फेसबुक समूह हो, दाह्री ग्याङ । छोटो अवधिमा आफूलाई स्थापित गरेको र पछिल्लो समय सबैभन्दा प्रिय र चर्चित समूह हो दाह्री ग्याङ ।
ठ्याक्कै दुई वर्ष अघि बनाईएको समूह अन्य भन्दा पृथक पहिचान बोकेको छ र काममा पनि निरन्तर सक्रिय छ । देशभरका विभिन्न शहरमा संगठित छन् । समाज सेवामा दत्तचित्त भएर लागिपरेका छन् । यो ग्रुपका भनेर हुलिया देखेरै पत्तो भईहाल्छ । बाबा भेषमा झ्याप्प दारी पाल्नेहरु प्रायः छन् । तर, यस समूहमा रहन दाह्री पाल्नैपर्छ भन्ने अनिवार्यता भने छैन ।
संस्कृतिविद् सत्यमोहन जोशीको घरमा एडमिन जगदीश भण्डारी सहितको युवाका टोली पुग्दा सबैले दाह्री पालेको देखेपछि जोशीले नै दाह्री ग्याङ नै भएर मलाई भेट्न आउनु भएछ त ? भन्ने वाक्य फुराएपछि जगदीश, मुकेशलाई मन पर्यो र अनिल पुरीले ग्रुप सुरु गरे ।
यस समुहमा हालसम्म एक लाख तीन हजार बढी सदस्य छन् । आफ्नै पेजमा २१ हजार पुगेका छन् । अहिले दाह्री ग्याङका सदस्यहरु काठमाडौँ, कास्की, चितवन, मकवानपुर, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रे लगायत अधिकांश जिल्लामा फैलिसकेका छन् । सुरुमै पोखरा समूह स्थापना भएकाले यसले काठमाण्डौलाई झक्झक्याउने मात्र होईन, एकपछि अर्को कार्यक्रमले यहाँ परिचय स्थापित गरिसकेको छ । पोखराको स्थापना गर्दाकै दिन एडमिनले अब लक्ष्य ठूलो पारेर जानुपर्ने दबाब महसुस गरिसकेका थिए ।
एकपछि अर्को ठाउँमा फैलदैं गएको यो समूह दुई वर्ष पूरा गरेको छ । र समूहको अफिसियल एप् सार्वजनिकसँगै ठाउँठाउँमा विभिन्न कार्यक्रम भएका छन् ।
रगत खोज्नका लागि सहयोगी Mobile App DG Donor
अहिले आकस्मिक रुपमा रगत चाहिएको खण्डमा सामाजिक सञ्जालमा पोस्ट हुने गर्दछ । यस समूहका मेम्बरहरु पनि पोस्ट गर्ने गर्दछन् । ईमर्जेन्सी ब्लड डोनेशन गर्न तयार हुने मनकारी व्यक्तिहरुले यस समूहमा डिटेल फर्म भर्ने गरेका थिए । अब भने डीजी डोनर एप् नै बनेको छ ।

दोस्रो वार्षिकोत्सवकै अवसरमा यो लञ्च गरियो । रोशन ल्याबमा सन्तोष भण्डारी लगायतको टीमले निर्माण गरेको यो एप् बाट सहजै डोनरहरुको नाम र सम्पर्क नम्बर, ठाउँ, रक्त समूह भेटिन्छ । साथै दारी ग्याङका सूचनाहरु समेत यस एपमा पढ्न सकिने एडमिन जगदीश भण्डारीले जनाएका छन् ।
तपाईं पनि एप डाउनलोड गर्न सक्नुहुनेछ । प्लेस्टोरमा गएर सर्च गरी डाउनलोड गर्नुहोस् वा यो लिन्कमा क्लिक गर्नुहोस्
https://play.google.com/store/apps/details?id=com.intern.manish.blooddonor&hl=en
वार्षिकोत्सवका अवसरमा कहाँ के भए ?
काठमाण्डौ
काठमाण्डौमा त सरसफाई कार्यक्रम नै क्लिन काष्ठमण्डप अभियानले दारी ग्याङको नाममा समर्पण गर्यो । ग्रुपमा समेत सक्रिय अभियन्ता केपी खनालले दारी ग्याङकै नाममा कार्यक्रम गरे । सबैभन्दा उत्साहपूर्ण कुरा त, कार्यक्रममा नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री, जनप्रिय नेता लालबाबु पण्डित आफै सहभागी भएर हौसला दिए । आलोकनगर फोहोरमुक्त घोषणा भयो । पढ्नुहोस् विस्तृमा समाचार यस लिन्क क्लिक गरेर …
http://gandaknews.com/kasthamandap-lalbabu/

दिउँसो १२ देखि एभरेस्ट फिल्म एकेडेमी मीन भवन को हलमा चलचित्र ुसाढे ७ु को टिम सहित सत्यराज आचार्य तथा स्वरुपराज आचार्य सँगको सांगितिक प्रस्तुती तथा दारी ग्याङको बहुप्रतिक्षित मोबाइल एप लञ्च कार्यक्रम भयो ।
पोखरा
पोखरामा पोलपोलमा डस्टबीन राखियो । पोखराको न्यूरोड र सभागृहचोकमा फलामे जाली भएको डस्टबीन राख्यो ।

पढ्नुहोस् विस्तृमा समाचार यस लिन्क क्लिक गरेर ..
http://gandaknews.com/pole-pole-dari-gang/
सबैभन्दा चाँडै स्थापित पोखराको ग्रुपले यहाँ विभिन्न थरीका कार्यक्रम गरिसकेको छ ।
‘दारी प्रेमी अघि बढ्दैछन् लिन सामाजिक जिम्मेवारी’, दाह्री ग्याङ पोखरा संयोजकमा गौतम
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
धनगढी
दारी ग्याङ धनगढीले एक कार्यक्रमकाबीच धनगढी तारानगरमा रहेको ‘आमाको माया’ अनाथ आश्रममा रहेका १८ जना बालबालिकाहरु लाई विभिन्न शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्दै बालबालिकासंग मनोरञ्जनात्मक कार्यक्रम

पथरी
लायन्स क्लबको सहयोग तथा नेप्लीज टीन ग्रुपसँग सहकार्यमा पथरीमा जेब्रा क्रसिङ

सुनवल
कुमुदिनी स्कुलमा भएको रक्तदानमा मेम्बरहरुको सक्रिय सहभागिता

झापा
दारी ग्याङ झापाले केक काटी आपसमा शुभकामना आदान प्रदान गरी मनाए ।

सर्लाहीमा पहिलो बैठक बसेर अब सक्रियतापूर्वक अघि बढ्ने अठोट गरिएको छ ।
[सन्दर्भ सामाग्रीः ग्रुपमा अहिले देखिएका पोस्टहरु]
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’