च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लियोनल मेस्सीले १६ सिजनमा लगातार गोल गर्ने कीर्तिमान रच्दा बार्सिलोनाले फेरेन्कभारोसमाथि ५–१ को सानदार जित हात पारेको छ।
लिग अन्तर्गत समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।बार्सिलोनाले गएराती सम्पन्न खेलमा हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।
बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८ औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा मेसीले २७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ ।
अब बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेल युभेन्टससँग अक्टोबर २९ मा खेल्दै छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो