क्यानडाले तीन वर्षभित्रमा १२ लाखलाई स्थायी बसोबास अनुमति दिने

क्यानडाले तीन वर्षभित्रमा १२ लाखलाई स्थायी बसोबास अनुमति दिने

canada

क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् ।

साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारीको कारण अहिले क्यानडाको अर्थतन्त्र र श्रम बजार कमजोर बनेको अवस्थामा क्यानडाले यस्तो योजना ल्याएको हो ।

ओटावामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेन्डिसिनोले सन् २०२१ मा चार लाख एक हजारलाई स्थायी बसोबासको अनुमति दिने, सन् २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजारलाई यो अनुमति दिने बताएका हुन् । उनले अहिले क्यानडालाई धेरैभन्दा धेरै कामदारहरु चाहिएको र त्यसका लागि आप्रवासन महत्वपूर्ण हुने उनको भनाइ छ । उनले क्यानडाको श्रम बजारमा बाहिरबाट आएका मानिसहरुले महत्वपूर्ण भूमिका निभाइरहेको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ