अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ठूलो अन्तरले यो चुनाव जितेको दाबी गरेका छन् । तर, निर्वाचना नतिजाले जो बाइडेन अब अमेरिकाको राष्ट्रपति भएको देखाएका छन् । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।
उनले आफूले निर्वाचन जितेको बताए । ट्विटमा त उनले आफूले ठूलो अन्तरले निर्वाचन जितेको बताएका छन् । तर, उनले गरेका ट्विटहरु ट्विटरले विवादित र सम्भावित गलत सूचना फैलाएको भएको भन्दै ‘लेबल’ गरिएका छन् ।
अर्कोतिर पेन्सिल्भेनियामा मत आफ्नो पोल्टामा पारेसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अब अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
अमेरिकी राष्ट्रपतिसमेत रहेका रिपब्लिकन उमेदवार ट्रम्पले ‘बृहत पत्रकार सम्मेलन’ बोलाएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै पेन्सलभानियाको फिलाडेल्फियामा ‘बृहत पत्रकार सम्मेलन’को आव्हान गरेका हुन् । उनले यसअघि ट्विटर गर्दै बृहत पत्रकार सम्मेलनको घोषणा गरेका थिए । तर, अहिले उक्त ट्विटर डिलिट गरिएको छ ।
राष्ट्रपति ट्रम्पले मतदानको प्रक्रियामा धाँधली र गैरकानुनी क्रियाकलाप भएको आरोप लगाउँदै बृहत पत्रकार सम्मेलन आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्प र उनको टिमले विभिन्न राज्यमा मतदान र मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचार खोजेका छन् ।
राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका छन्। उनले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गरेका छन्।
तर बाइडनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताएका छन्। बाइडनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताएका हुन्। उनले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाएका थिए।
– बीबीसी
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’