काठमाडौ । युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका निर्देशक दिपेस सापकोटा ‘आकाशैको छानो मुनि बसाउँ एक सहर’ बोलको गीत निर्देशन गरि ‘कमब्याक’ गरेक छन् ।
टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसकेका गायक विश्व नेपालीलाई यो गीतमा अस्मिता परियारले स्वरमा साथ दिएकी छिन् ।
सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जिवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटा बताउँछन्।
गीतलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको सापकोटाले जानकारी दिए। नेपाली कलाकारीतामा कोभिड १९ को प्रभावसंगै ब्यवसायिक सफलता लिन गाह्रो भएको अवस्थामा ट्री इन्टरटेन्मेन्टले १२ लाख लगानी गर्नु उत्साहप्रद रहेको सापकोटाले बताए ।
मदानी क्रीएसनले प्रोडक्सन गरेको गीतको ‘लोकेसन’ र ‘प्रपर्टी’ले गीतको गरिमा बढाएको छ। गीतमा १९६६ मोडलको मस्टङ कार देख्न सकिन्छ।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रवन्ध निर्देशक राजबहादुर शाहको सो ‘भिन्टेज’ कारले भिडियोको ओज बढाएको छ । शाह क्लासिक कारको सङ्ग्रहमा सौख राख्छन्।
गीतको सुटिङ विभिन्न उत्कृष्ट गन्तव्यमा गरिएको छ। प्रभु हेलिकप्टर सँगको सहकार्यमा गीतको केही सिन हेलम्बुको मेलम्ची गाउँमा खिचिएको छ ।
होटल साम्बालाको रुफटप स्विमिङ पुलको सुर्यास्तको मनमोहक दृश्यले गीतमा सौन्दर्य बढाएको छ।
बबरमहल रिभिजिटेड, याक एण्ड यति होटल, रिगल स्टुडियो लागायतका स्थानमा समेत गीतको सुटिङ गरिएको छ। कानुनको विद्यार्थी रोचक जोशी यो भिडियो मार्फत डेब्यु गरेका छन्।
कानुनसँगै एभरेस्ट फिल्म एकेडेमीमा कलाकरिताको अद्ययन गरिरहेका रोचकको अभिनय र काम प्रतीकको लगाबले गर्दा उनलाई अर्को भिडियोका लागि समेत अनुभन्धित गरिसकेको निर्देश सपाकोटले बताए ।
बलिउडमा संघर्षरत नेपाली मोडल मुना गौचन लामो समय पछि नेपाली भिडियोमा कमब्याक गरेकी छिन । विभिन्न बिज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भुमिका गरेकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो कलाकरीता अगाडी बढाइरहेकि छिन् ।
सङ्गीत निर्देशक आनन्द राई रहेको गीतको सङ्गीत सम्योजन गोपाल रसाइलीले गरेका छन्। गीतको शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन ।
भिडियो :
https://youtu.be/_3yfYsDTrco
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !