एजेन्सी – अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती असाध्यै खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् – ‘कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् ।’ अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ?
यसको जवाफ ओबामाले दिएका छन् । हालै ओबामालाई ‘के तपाईं जो बाइडेनको सरकारको मन्त्रीमण्डलमा समावेश हुनुहुनेछ ?’ यसको उनले रोचक जवाफ दिएका छन् । ओबामाले भने, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन् ।’
स्मरण रहोस्, ओबामा चार वर्षअघि अमेरिकाको राष्ट्रपति पदबाट हटेका थिए र त्यसपछि ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । ५४ वर्षका ओबामाले पिपल म्यागजिनसँगको कुराकानीमा आफू राष्ट्रपति हुँदा उनकी श्रीमती मिशेल एक प्रकारको अन्तर्निहित तनाव महसुस गर्ने गरेको जानकारी दिए ।
ओबामाको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ र यसै मौकामा उनी मिडियासँग कुराकानी गरिरहेका थिए । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा तनाव र दबाब महसुस गर्ने गरेको बताए ।
कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, श्रीमानलाई दबाब नदिनका लागि ।
‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी तनावमा भएको, दुःखी भएको र रिसाएको जस्तो लाग्थ्यो तर मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’
तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं ।
‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे ।
‘यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’
मिशेल ओबामाले यसअघि मानसिक स्वास्थ्य र ह्वाइट हाउसमा नभएपछि स–सानो कुरामा रमाउने उनको बानीबारे कुरा गरेकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्