पोखराको अख्तियार टोलीले स्याङ्जाबाट घुससहित महिला सब–इन्जिनियर पक्रियो

पोखराको अख्तियार टोलीले स्याङ्जाबाट घुससहित महिला सब–इन्जिनियर पक्रियो

ghus

सांकेतीक चित्र

पोखरा । अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले स्याङ्जाबाट घुससहित  १ जना सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर भगवती राउत पक्राउ परेकी हुन् ।

उनलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भीरकोट नगरपालिका–१ बयरघारीबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

असिस्टेन्ट सब–इन्जिनियर राउतले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्न बहाना बनाई घुस मागेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ