सुर्खेत । सल्यानमा तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेका छन्। वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई तेस्रो बिहे गरेका कारण पक्राउ परेका हुन् ।
उनले मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा)लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए। वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारीसमेत तिरिसकेका छन्। गाउँमा अहिले पनि अर्काकी श्रीमतीलाई विवाह गरेको खण्डमा जारी तिर्ने प्रचलन छ। कुमाइले घटनालाई लुकाउन पूर्वपतिलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार तिरिसकेका छन्।
तर, वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
वडासहित तेस्रो श्रीमती गौरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रक्राउ परेका दुबै जनालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए। बहुविवाह गर्ने दुबै जना ४५ वर्ष काटिसकेका छन्।
तेस्रो बिहे गर्ने वडाध्यक्षका चार छोराछोरी छन्। जसमध्ये पहिला श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा छन्। त्यस्तै वडाध्यक्षसँग दोस्रो विवाह गर्ने गौरीका चार छोरा र एक छोरी छिन्। जसमध्ये कान्छा छोराको बाहेक सबैको विवाह भइसकेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’