काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन्। एक टेलिभिजन कार्यक्रम मार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका छन्।
कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिदै छौं।’
दोस्रो विवाह गर्न लागेको बताए पनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएनन्। चाँडै नै बिहे हुने गजुरेलले बताएका छन्। एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा गजुरेलले आफ्नो दोस्रो विवाहको प्रसंग सुनाएका हुन।
यसअघिकी पत्नी मीना ढकालसँग दुई वर्ष अघिसम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी छ ।’
सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।
एपीवान टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा उनले अन्तरवार्ता दिने कार्यक्रमा यस्तो घोषणा गरेका हुन् ।
अन्तरवार्तामा उनले अब छिट्टै हामी जोडिदै छौ भनेका छन् । उनले भनेका छन्, चाडै नै तपाईहरुको सुभकामना, सुझाव सल्लाहअनुसार मैले मेरो जिवनमा कोही साथी जोड्दै छु अथावा हामी जोडिदै छौं । अहिलेलाई मैले यति मात्र भने ।
यो अन्तरवार्ता सोमबार राति ९ बजे एपीवाट टेलिभिजन प्रसारण हुदैछ । त्यस अन्तवार्तामो पोम्रो यसै सन्दर्भलाई लिएर बनाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन