नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरेर माग सम्बोधन गर्नुपर्ने, फिल्म हल सञ्चालन नभएको समयको विद्युत् महसुल मिनाहा गर्नुपर्ने, मनोरञ्जन कर खारेज गर्नुपर्ने, दुई वर्षसम्म भ्याट छुट दिनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने लगायत माग चलचित्र व्यवसायीहरुका छन्।
काेराेना भाइरस संक्रमणको जाेखिमका कारण सरकारले गएकाे चैत पहिलाे सातादेखि फिल्म हल सञ्चालनलगायत मनाेरञ्जनका अन्य गतिविधिमा राेक लगाएकाे थियाे।
चैत ११ गते सुरू भएकाे लकडाउनपछि अन्य पेशा–व्यवसाय, हिँडडुल तथा अन्य गतिविधिमा पनि राेक लाग्याे। साउन ७ गते लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले पनि फिल्म हल खाेल्न सरकारले अझै अनुमति दिएकाे छैन।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’