काठमाडौं । श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
२०२१ जनवरीदेखि वाटमोरको सम्झौता लागू हुन्छ । तर क्रिसमस न्यू इयर जस्ता पर्व रहेकाले वाटमोर जनवरी पहिलो साताको अन्तिमसम्म नेपाल आइसक्ने छन् ।
विश्वकप लिग २ सिरिज अगाडि वाटमोरले जिम्मेवारी सम्हाल्ने भएका छन्, जोसँग चार टेष्ट राष्ट्रको प्रशिक्षक भइसकेको अनुभव छ । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए । उनले आईपीएलमा कोलकता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।
पछिल्लो पटक उनी सिंगापुरका प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सिंगापुर टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा समेत पुगेको थियो । श्रीलंकामा जन्मेर हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका वाटमोरले सन् २०१७ मा ब्याट एण्ड बल फाउण्डेसनमा निमन्त्रणामा केही समय नेपालमा आएर काम समेत गरेका थिए । उनै अनुभवी वाटमोर प्रशिक्षक नियुक्त हुँदा नेपाली क्रिकेट जगत उत्साहित बनेको छ ।
उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो । यो अवधिमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाए । मार्चमा थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न कप खेल्दा जगत टमाटा नै प्रशिक्षक रहे ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेकाे थियाे । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।
अन्तर्वार्तापछि क्यानले वाटमाेर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियाे । आईसीसीकाे सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेकाे छ ।
वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएकाे क्यानले जनाएकाे छ । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् । उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’