फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुटबल अवार्ड प्राप्त गरेका छन् । सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई वर्ल्ड च्याम्पियन्स क्लबले यो अवार्ड प्रदान गर्दै आएको छ ।
‘म गोल्डेन फुटबल अवार्ड जित्दा र फुटबलका सर्वकालिक उत्कृष्ट खेलाडीहरुसंगै मोनाकोमा अमर हुन पाएको सम्मानित भएको छु,’ ३५ वर्षीय रोनाल्डोले अवार्डसँगै फोटो इन्स्ट्राग्राममा पोष्ट गर्दै लेखेका छन् ।
गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ । रोनाल्डोले यस अवार्डको १८औं विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउनेछन् ।
उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी समेत बने । अन्तर्राष्ट्रिय जर्नालिस्टहरुको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका फरवार्ड रोनाल्डोले अन्तिम भोटिङमा लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेइनी, नेमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सालाह र अर्टुरो भिदाललाई पछि पारे ।
सन् २००३ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड यसअघि १७ खेलाडीले पाइसकेका छन् ।
अहिलेसम्मका गोल्डेन फुटब अवार्ड विजेताहरु
रोबर्टो बाजियो २००३
पाभेल नेभडेड २००४
आन्द्रे सेभचेन्को २००५
रोनाल्डो नाजारियो डे लिमा २००६
अलेसान्रो डेल पिएरो २००७
रोबर्टो कार्लोस २००८
रोनाल्डिन्हो २००९
फ्रान्सेस्की टोट्टी २०१०
राएन गिग्स २०११
ज्लाटन इब्राहिमोभिच २०१२
डिडिएर ड्रोग्बा २०१३
आन्द्रेज इनिस्टा २०१४
सामुएल एटो २०१५
जियानलुजी बफोन २०१६
इकरकासियास २०१७
एडिनसन कभानी २०१८
लुका मोडरिच २०१९
क्रिस्टियानो रोनाल्डो २०२०
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?