पत्रपत्रिका – बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।
रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।
कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।
बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ । विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ ।
गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘सोमबार र मंगलबार धेरै स्थानमा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यो नियोजित नभई प्राविधिक कारणले भएको हो र यसको समाधानको उपाय पत्ता लागिसकेको छ ।’ आज प्रकाशित कान्तिपुर दैनिकले समाचार लेखेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’