उमेर बढ्दै गएपछि कपाल फुल्नु सामान्य हो । आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ ।
चिकित्सकका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ ।
यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? अनि कपाल कालो पार्ने उपाय के हो ?
कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।
घरमै छ उपचार
- कपाल कालो बनाउनुछ भने सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुस् ।
- बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुस् ।
- कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुस् । कपाल छिट्टै कालो हुन थाल्छ ।
- जैतुनको तेल हल्का तताउनुस् अनि त्यसमा कपूर हालेर कपालको मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू दल्नुस् ।
- आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुस् ।
- कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुस् । हप्तामा दुईचोट यसो गर्नुस् ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग