काठमाडौ । कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ । यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ ।
पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ ।
शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योग सम्म डोर्यायो । पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाई लियो। यसरी नेपाली र बिदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका ब्याक्तीले अहिने नेपाली फिल्म उद्योग झन्डै कोमामा पुगेको परिस्थितिमा फिल्म रिलिज गरि नेपाली फिल्म उद्योगलाई टेवा पुर्याउँ भनेका कारण निर्माण पक्ष त्यसैमा सहमत भएर फिल्म रिलिज गर्न लागेको फिल्मको अफिसियल फेसबुक मार्फत जारी प्रेस नोटमा बताइएको छ ।
‘हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं’ प्रेस नोटमा भनिएको छ ‘आगामी माघ १ गते देशब्यापी रुपमा फिल्म रिलिज गरिने छ। यस विषम परिस्थितिमा हामो प्रयासलाई यहाँहरुको साथ र सहयोग रहने अपेक्षा गरेका छौं।’
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गर्नुभएको छ ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको यश फिल्मका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुनुहुन्छ । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुनुहुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु