गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो । स्पेनको कोर्डोबामा रहेको नुभो आकन्जेल रंगशालामा भएको खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो ।
खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लागि फे्रन्की डी जोङले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा रियल सोसिडाडका लागि माइकेल ओयरजाबलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा समेत कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरबाट पुगेको थियो ।
टाइब्रेकरबाट बार्सिलोनाले ३–२ ले जित हात पार्न सफल भयो । एन्टोनी ग्रिजम्यान र पहिले गोल गरेका फ्रेन्की डी जोङले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना यस खेलका नियमित कप्तान मसीबिना मैदानमा उत्रिएको थियो ।
सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ। सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग