सुपर कपको उपाधि पीएसजीलाई, नेयमारको गोल

सुपर कपको उपाधि पीएसजीलाई, नेयमारको गोल

psg

मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मन ९पीएसजी० मा पहिलो उपाधि जित्न सफल भएका छन्। पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो। उनी एक महिनाअघिमात्र फ्रेन्च लिग वानको क्लब पीएसजीसँग अनुबन्ध भएका थिए।

माउरो इकार्डीको गोलबाट पीएसजीले ३९औं मिनेटमा अग्रता लिएको थियो। ८५औं मिनेटमा नेइमारले पेनाल्टीमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा दिमित्री पयटले गरेको गोल मार्सेलेका लागि सान्त्वना बन्यो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds