जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
यसैगरी, आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ पूर्वानुमानमा उल्लेख छ । यस्तै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ।
भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु