चौथौ टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धको टेष्ट सिरिज २-१ ले जितेको छ । पहिलो टेष्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो सेट भारतले जितेको थियो । यस्तै तेस्रो सेट बराबरी भएको थियो ।
चौथो टेष्टमा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । ४- ० बाट अन्तिम दिनको खेल अघि बढाएको भारतका लागि शुभमन गिल चेतेश्वर पुजारा र रिषव पन्तले अर्धशतक प्रहार गरे ।
गिलले ९१ रन बनाउँदा पुजाराले ५६ रन जोडे । पन्त ८९ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि प्याट कमिङ्सले ४ तथा नाथन लियोनले २ विकेट लिए ।
मुख्य बलरहरु जसप्रित बुमराह, रवि आश्वविन, मोहम्मद शामी लगायत नहुँदा पनि नयाँ बलरहरुले भारतको लागि राम्रो प्रदर्शन गरे ।
पहिलो इनिङ्समा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९४ रन बनाउँदै भारतलाई ३२८ रनको लक्ष्य दिएको हो । रिषव पन्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अस्ट्रेलियाका प्याट कमिङ्स प्लेअर अफ दि सिरिज घोषित भए । बोर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दोस्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने