कोपा डेल रे: तेस्रो श्रेणीको क्लबसँग रियाल मड्रिड स्तब्ध

कोपा डेल रे: तेस्रो श्रेणीको क्लबसँग रियाल मड्रिड स्तब्ध

real madrid

युरोपियन महारथी रियाल मड्रिड गएराति कोपा डेल रेमा तेस्रो श्रेणीको क्लब एलकोयानासँग स्तब्ध भएको छ। दश खेलाडीमा सीमित बनेको एलकोयानाले रियाललाई २–१ ले पराजित गरेको हो।

जिनेदिन जिदानको रियालले ४५औं मिनेटमा मिलिटानोको गोलबाट अग्रता लिएको थियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जोस सोल्बेसले बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको थियो।

थप समयको २०औं मिनेटमा लोपेज ओलिभनले दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टीम एलकोयना दश खेलाडीमा सीमित भएको थियो। तर रियाल मड्रिडले त्यसको फाइदा लिन सकेन। थपिएको ३० मिनेट सकिन पाँच मिनेट बाँकी हुँदा जुआनानले गोल गरेपछि रियाल स्तब्ध भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds