पोखरामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन इन्स्टिच्यूट प्रालिले गुरुङ साँस्कृतिक फोटो प्रतियोगिता सम्पन्न गरेको छ । सो इन्स्टिच्यूटले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव तथा गुरुङहरूको महानचाड ल्होछारको अवसरमा आयोजना गरेको प्रतियोगितामा चन्द्र गुरुङ प्रथम भएका छन् ।
त्यसैगरी द्वितीय रजनी गुरुङ र तृतीय करुणा गुरुङ तथा दर्शक छनौटमा सन्जु गुरुङ परस्कृत भएको उक्त संस्थाका संचालक कर्ण गुरुङले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार सहित प्याराग्लाइडिङ्ग, बन्जिजम्प र साँग्रिला भिलेज पोखरामा एक रात बासको सुविधा प्राप्त गरेका छन् ।
त्यस्तै द्वितीय हुनेले नगद रु. १० हजारको साथमा प्याराग्लाइडिङ्ग र बन्जिजम्पको पुरस्कार प्राप्त गरेका छन् । तृतीय हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाइमिङ्गको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै दर्शक छनौट तर्फ परस्कृत हुनेले नगद रु. ५ हजार सहित प्याराग्लाइडिङ्ग र टावर क्लाम्बिङ्गको पुरस्कार प्राप्त गरे ।
सो प्रतियोगितालाई प्याराग्लाइडिङ्ग सौजन्य बिग स्माईल प्याराग्लाइडिङ्ग नेपाल, बन्जि सौजन्य बन्जि नेपाल एड्भेन्चर र होटेल सौजन्य साँग्रीला भिलेज पोखराले सौजन्य गरेको गुरुङले जानकारी दिए । बैदेशीक अध्ययनको क्षेत्रमा परामर्श दाता कम्पनीको रुपमा विगत १५ बर्षदेखि काम गर्दै आएको उक्त संस्थाले गुरुङ भेषभूषा तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरेको जनाएकाे छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी