काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परेको छ। जहाजमा ठूलो आगलागी पछि ध्वस्त भएको छ ।

बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
https://www.facebook.com/gandaknews/videos/792239144301673/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ५० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले अाशका गरेका छन् ।

‘दुर्घटनामा पचास भन्दा बढी यात्रुकाे मृत्यु भएको अाशंका छ ।’ त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘यकिन विवरण संकलन गरिरहेका छौ । शव निकाल्ने काम पनि जारी छ ।’

१४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको छ ।

अझै थप घाइतेको उद्दार कार्य जारी छ। दमकलको सहायताले जहाजको आगो नियन्त्रणमा लिइएको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

.

.

.

सबै तस्विर kantipurdaily.com, nagariknews.com, बाट लिईएका हुन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’