गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सामाजिक सन्जालमा पछिल्लो समय लोकप्रिय बनेका बाल प्रतिभा सचिन परियारलाई नचिन्ने दर्शक स्रोता सायदै होलान् । गाउनदेखि हसाउन अनि अभिनय गर्न माहिर सचिनको नयाँ नयाँ गीत पछिल्लो समय रिलिज भइरहेका छन् ।
यसैबीच, सचिन र लोकप्रिय अनि व्यस्त गायिका रचना रिमालको आवाज नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज “सेतो कपास” बोलको गीतमा नेत्र अर्यालको शब्द रहेको छ।भने, महेन्द्र भण्डारीले संगीत दिएका छन् । मेलोडियस गीतमा रचनासंगै सचिनको गायिकी मीठो सुनिएको छ।
यो गीतमा निर्माता पत्रकार सबिन छेत्री हुन् । सचिन सामाजिक संजालमा भाइरल भएपछि सबिनकै पहलमा सचिनको पहिलो गीत “ओठ टोकेर” बजारमा ल्याइएको थियो। जुन गीत छोटो समयमै एकदम लोकप्रिय बन्यो। उक्त ओठ खोलेर गीतको अपार सफलतापछि सबिनले यो गीत बजारमा ल्याएको बताएका छन् ।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा सचिन र रचना फिचर्ड छन् । सचिन र रचनाका अलवा सबिन छेत्री, अर्जुन कुँवर ‘पितृ बूढो’ र रिना थापालाई पनि भिडियोमा देख्न सकिन्छ।
लेक साइड टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज भएको उक्त म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’