काठमाडौं, २८ फागुन । बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको यूएस बंगलाको विमान सवार ७१ यात्रुमध्ये उनी पनि एक थिइन् । यति मात्र होइन, दुर्घटनामा परेर पनि जीवित रहेका २१ ‘भाग्यमानी’ मध्ये पनि उनी एक हुन् ।
तर, उनले आफ्नो साथी गुमाएकी छन् ।
सरिनका अनुसार आफूहरु सवार विमान काठमाडौंको आकाशमा आएपछि पाइलटले विमान अवतरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए । तर, अवतरण हुन सकेन ।
त्यसपछि घुमेर फेरि अवतरणको प्रयास भयो । विमान देब्रेतिर धेरै ढल्कियो । उनलाई केही असहज लाग्यो ।
तर, पाइलटले अवतरण गर्ने तयारीमा छौं भनेकाले उनीसहित सबै यात्रुहरु ढुक्कजस्तै थिए ।
उनी भन्छिन्, ‘सबथोक अचानक भयो ।’
मसँग एक साथी थिए । तर, उनी त्यहीँ … यति भनेर उनले गहभरि आँशु बनाइन् । शायद उनलाई साथी गुमाएको थाहा भइसकेको थियो ।
२९ वषर्ीया सरिन स्कुलमा काम गर्थिन् ।
साथीसँग पोखरा घुम्न उनी पहिलोपटक नेपाल आएकी हुन् । उनीहरुको शुक्रबार बंगलादेश फर्किने योजना थियो ।
तर, पहिलोचोटि काठमाडौं अवतरण गर्ने क्रममा उनी दुर्घटनामा परिन् । उनको खुट्टामा चोट लागेको छ । साथी गुमेका छन् ।
विमान दुर्घटनापछिको भयावह अस्वस्था सम्झँदै उनी भन्छिन्, ‘सबैले भगवान पुकारिरहेका थिए । म र अर्की एकजनाले सहयोग माग्दै धेरै चिच्यायौं ।’
उनका अनुसार दुर्घटनालगत्तै विमानमा आगो लाग्यो । झण्डै २० मिनेटमा आगो नियन्त्रणमा आयो । त्यसपछि उनले केही राहतको सास फेरिन् तर, त्यतिबेलासम्म धेरैले ज्यान गुमाइसकेका थिए ।
सरिन भने विमानबाट ओर्लेर हिँडेरै एम्बुलेन्ससम्म पुगिन् ।
अस्पतालमा भेट्ने धेरैले उनलाई तपाई त भाग्यमानी हुँनुहुँदोरहेछ भनिरहेका थिए । तर, उनी भने गहभरि आँसु पार्दै भन्दै थिइन, मैले मेरो साथी गुमाएँ ।’
-अनलाइनखबरबाट
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ