आमा !
म सेतो कोट लगाएर
घरको आँगनमा उभिन चाहान्थेँ
तर, आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु
सबै सेतो रङहरूले खुसी नदिँदो रहेछ
बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें
त्यसैले, भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ
जमीन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन
म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए
उनीहरूलाई नेपाल यति धेरै मन परेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन्
मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले, मेरा बन्द आँखा मात्र देखे
मैले त चाहेर पनि हेर्न पाइन्
सायद, म हावा भएँ होला, महशुस मात्र भयो
म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा
म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?
सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए
अन्त्यमा, मैले आफैंलाई बचाउन सकिन
https://www.facebook.com/gandaknews/videos/793590207499900/
हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।

-निरज दाहाल
सम्बन्धित खबर
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ