काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको बताएका छन् ।
मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौ भनेर हस्तक्षेप गरेको रावलको भनाई छ ।
नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी गरे । ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ’ भीम रावलले ट्वीटरमा लेखेका छन्, ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’
भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।
केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो । जसको आलोचना भएको थियो ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ