च्याम्पियन्स लिग: एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोना पराजित, लिभरपुलको सहज जित

च्याम्पियन्स लिग: एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोना पराजित, लिभरपुलको सहज जित

messi mbappe

किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको पहिलो लेगमा पीएसजी ४–१ गोलअन्तरले विजयी भएको हो ।

लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गरेपछि मंगलबार रातिको खेलमा गत वर्षको उपविजेता टोली पछि परेको थियो । तर, त्यसपछि एम्बाप्पेले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई हारको स्वाद चखाए ।

३२ औँ मिनेटमा उनले बराबरी गोल फर्काए भने दोस्रो हाफमा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी मात्र तेस्रो खेलाडी हुन् । पीएसजीका लागि चौथो गोल मोइस किनले गरे ।

अब दोस्रो लेग २० मार्चमा पेरिसमा हुनेछ । उक्त खेलमा घाइते रहेका नेयमार पनि फर्किसक्ने पीएसजीले आशा गरेको छ ।

मंगलबार राति नै भएका अन्य खेलमा लिभरपुलले आरबी लेइपजीलाइ २–० ले हरायो । लिभरपुललाई जीत दिलाउन मोहमद शलाह र साडियो मानेले एक–एक गोल गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds