प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आगामी राजनैतिक परिस्थिति जस्तोसुकै आए पनि आफ्नो राजनीति नसकिने बताएका छन्।
कञ्चनपुरको बेतकोट स्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई लक्षित गर्दै भने केही मान्छेहरू यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भए पनि सकिँदैन।’
कञ्चनपुरको बेतकोटमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा आफू र आफ्नो समूहको विश्वास नरहेको र शक्ति पृथकीकरणको पक्षमा सधैँ उभिएको बताए। अदालतको निर्णय सधैँ सही नहुने भन्दै उनले त्यही भएर पुनरावेदनको परिकल्पना गरिएको प्रधानमन्त्री ओलीले बताए ।
ओलीले केही दिनअघि प्रतिनिधि सभा विघटनको निर्णय बदर भए आन्दोलन गर्ने आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरिएको बताए । लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन गर्ने आफ्नो आशय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुस गर्ने, ढुङ्गा मुढा गर्ने आन्दोलन भनेको होइन।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो