बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा कोहलपुर नगरपालिका– ३ का २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीका अनुसार दुर्घटनामा परी घाइते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ । यस्तै पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।
बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना ८ च ५४५६ नं को टिपरले सडकमा गुडिरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार, टिपरले मृतक खड्का सवार भे ८ प ३७९५ नं को मोटरसाइकल र भे ५ प ३८८९ नं को मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो ।
दुर्घटनामा ५१ वर्षीय सञ्जय चन्द घाइते भएका छन्। दुई मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र चालकलाई गएरातिनै नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उपरीक्षक खनालले बताए।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन