नायक अनमोल केसी र नायिका सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो ।
चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
यो चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ ।
चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो ।
तर, कोरोना कारण लकडाउन भएपछि चलचित्र यो बर्ष रिलिज हुने सकेन । चलचित्रको करिब १० प्रतिशत छायांकन अझै बाँकी छ । फागुणको २७ गतेबाट चलचित्रको बाँकी छायांकन सुरू गर्ने तयारी गरिएको छ । चलचित्रको प्रदर्शन मिति तीजको छेको पारेर तय गरिएको हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु