महाशिवरात्रिको तयारीस्वरुप आज बुधवार बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ ।
महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले जानकारी दिए ।
साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उनले बताए । कोषले भण्डारा लगाउने जिम्मा पाएका संघ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ ।
सफाइमा नेपाली सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत विभिन्न संघ संस्थाको सक्रियतामा सफाइ गरिएको उपसमितिका सचिव भावना पराजुलीले बताइन् ।
सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइमा काली दल गणका प्रमुख सेनानी दिनेश बानियाँ नेतृत्वको समूह, कोषका निर्देशक भोलाप्रसाद सिटौलालगायत अधिकारीको पनि सक्रियता थियो । यसअघि गत शनिवार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो ।
महाअभियानले आगामी फागुन २९ गते शनिवार पनि ४०९ औँ हप्ताको वागमती सफाइ पशुपति क्षेत्रमै गर्ने उद्घोष गरेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा. माला खरेलले सुनाइन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान