स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो।
बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १-१ गोलको बराबरी खेलेको थियो। तर, पहिलो लेगमा व्यहोरेको ४-१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो।
पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१औं मिनेटमा अग्रता बनाएको थियो। तर, खेलको ३७औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्। एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर, मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए।
मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन्। यससँगै बार्सिलोना सन् २००६ र ७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो