आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।
आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुर्याए । यो पेलेको ७६७ गोलभन्दा ३ गोलले बढी हो ।
खेलपछि पेलेले सामाजिक सञ्जाल इन्सटाग्राममा पोष्ट गर्दै रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइ दिए ।
पेलेले बधाइ दिएपछि रोनाल्डोले पनि इन्सटाग्राममा पेलेको प्रशंसा गर्दै पहिलो पटक कीर्तिमानबारे मुख खेलेका छन् ।
यद्यपि, पेलेको यो कीर्तिमान पनि विवादमा रहेको छ । चेक फुटबल एशोसिएसनले अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानले ८२१ गोल गरेको दाबी गर्दै आएको छ । यद्यपि, रेक स्पोर्ट सकर स्टाटेस्टिक फाउन्डेसनको रेकर्ड अनुसार बिकानले ८०५ गोल गरेका थिए । तर, यसमध्ये २७ गोल र्यापिड भियानाको रिजर्भ र एमेचुअर टोलीका लागि र अन्य थप केही गोल आधिकारिक नमानिएका अन्तर्राष्ट्रिय खेलहरुमा गोल गरेका थिए । त्यसैले उनको आधिकारिक गोल संख्या ७५९ गोल मानिएको छ ।
जीतसँगै लिगको तेस्रो स्थानमा रहेको युभेन्टसले शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’