कञ्चनपुरमा १४ वर्षीया किशोरीले झुटो बोल्दा उनका १५ वर्षीय प्रेमी बलात्कार आरोपमा पक्राउ परेका छन् ।
डेटिङपछि घर फर्कन ढिला हुँदा किशोरीले अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै परिवारलाई ढाँटेकी थिइन् । त्यसपछि परिवार प्रहरीकहाँ पुग्यो र प्रहरीकहाँ पनि उनले झुटो बयान दिएको पुष्टि भएको छ ।
पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीले आफूलाई अपहरण गरी सामुहिक बलात्कार गरिएको भन्दै परिवार तथा प्रहरीलाई झुक्याएकी हुन् । उनले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना युवकहरूको समूहले अपहरण गरी अज्ञात स्थलमा लगेको र बलात्कार पछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् ।
तर, २४ घण्टा नबित्दै किशोरीले झुटो बयान दिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार किशोरीले प्रेमी भेट्न गएको र घर फर्किन ढिला भएपछि परिवारको डरले नाटक गरेकी हुन् ।
किशोरीले परिवारकै अगाडि आफू अपहरणमा नपरेको र प्रेमीलाई भेट्न गएको स्वीकार गरिसकेको समेत प्रहरीले जनाएको छ । प्रहरीले किशोरीका १५ वर्षीय प्रेमीलाई समेत नियन्त्रणमा लिएको छ । किशोरीको उमेर कम भएकाले प्रेमी माथि जबरजस्ती करणी अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रेमी पनि १५ वर्षका रहेकाले उनी पनि पूरै सजायको भागिदार भने हुँदैनन् ।
झुटो बोल्दा डेटिङ भारी बन्न पुगेको छ भने राजिखुशीमा यौन सम्पर्क नै भएको भएपनि किशोरी उमेर कम भएकाले जबर्जस्ती करणीमा रुपान्तरित भएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’