म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्र गर्ने योजना अघि बढाइएको छ ।
बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी करिडोरअन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको खण्डका रुपमा यो सडकलाई कायम गरेर सडक निर्माणलाई अगाडि बढाइएको हो । मालढुङ्गादेखि बेनीसम्म १३ किलोमिटर साँघुरो सडकलाई चौडा पारी मध्यपहाडी सडककै मोडेलमा निर्माण गरिने भएको छ ।
सडक निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेलाई छनौँट गरी सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । चैत महीनाभित्र निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई वैशाखबाट काम शुरु गर्ने तयारी रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख रामेश्वर लम्सालले बताए ।
उनका अनुसार तीन वर्षभित्र सडक निर्माण सम्पन्न गरिने लक्ष्य छ । कूल रु ७२ करोड लागत अनुमान गरिएको भए पनि सबैभन्दा कम मूल्यको प्रस्तावलाई स्वीकृत गरेर रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । सडक निर्माणका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काका लागि यसै वर्ष स्वीकृति दिएको थियो । यसअघि म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरलासम्म र मालढुङ्गादेखि बागलुङ र पर्वततर्फबाट समानान्तररुपमा सडकको काम भइरहेको थियो ।
मालढुङ्गाबाट बेनी पुग्नका लागि मालढुङ्गा–बेनी सडक वा बागलुङतर्फबाट कालीगण्डकी किनारै किनार सडक बनाउने भन्ने विषय अन्योलमा थियो । विसं २०४८ मा म्याग्दीको सदरमुकाम बेनी जोड्नका लागि यो सडक ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरु भएको थियो । त्यसपछि मालढुङ्गा–बेनी–दरबाङ–सडक आयोजनाका रुपमा यसमा काम भएको थियो भने पछिल्लो समय डिभिजन सडक कार्यालय बागलुङ मर्मतको काम गर्दै आएको छ । सडक स्तरोन्नति भएपछि मुस्ताङ जाने पर्यटक र पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा
आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
आज देशभरको मौसम कस्तो रहन्छ?
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
इलाम उपनिर्वाचन: मतदान सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो
घरको छतबाट खसेर एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग