कोरोनाको भयावह अवस्था अहिले छैन । कोरोना हटेर नडराएको होइन, कोरोना संक्रमण पहिलो जस्तो छैन र जाँच पनि पहिलेझैं हुँदैन । कोरोना संक्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ । नेपालमा कोरोनाको दोस्रो लहरको त्रास छ । विश्वमा कोरोनाभाइरसको नयाँनयाँ प्रजाति देखापरेको छ ।
भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यू जारी गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेकाले नेपालमा त्यसको प्रभाव देखिन सक्ने भन्दै आवतजावत र जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । समुदायमा कोरोना संक्रमण दर कम भए पनि स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ गर्नेहरूको संख्या बढेको छ । मास्क लगाउनेको संख्या पनि घट्दै गउको छ ।
संक्रमित दर कम भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको संख्यामा कमी आएको छैन । कोरोना संक्रमण भएर कात्तिकमा ६१, मंसिरमा ५७, पुसमा २७, माघमा २८ र फागुनमा ३० जना आइसियुमा भर्ना भएका थिए ।
नेपालमा कोरोनाविरुद्धको खोप भित्रिए पनि सर्वसाधारणको पहुँचमा खोप पूर्णरुपमा पुगेको छैन । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुको विकल्प नभएको जनस्वास्थ्यविद् बताउँछन् ।
पोखरामा शुक्रबार एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि
पोखरामा पछिल्लो पटक सबैभन्दा धेरैमा कोरोना स.क्रमण पुष्टि भयो । शुक्रबार एकैदिन थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरको वडा नम्बर १६ का ३० जनासहित ११ वटा वडाका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३ सय नाघेको छ । प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या झण्डै १६ हजार छ ।
डब्लूआरसी कोरोनाको हटस्पट
ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरको ब्याचलर ब्वाइज् होस्टलमा कोरोना फैलिएको छ । श्रोतका अनुसार ४० जना विद्यार्थीहरु संक्रमित भइसकेका छन् । चैतको पहिलो दिन एक जनाको परीक्षण गराएकोमा उनलाई पोजिटिभ देखिएको थियो ।

त्यसपछि भोलिपल्ट स.क्रमितको संख्या ८ पुग्यो । अहिले लक्षण देखिएकाहरु र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको जाँच गराउँदा ४० जना पुगेको हो ।
पोखरा १६ का ३० जना पुरुषहरु विद्यार्थीहरु नै हुन् । अहिले डब्लूआरसी होस्टल कोरोनाको हटस्पट बनेको छ ।
पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लूआरसी) कोरोनाको हटस्पट ! ८ जनामा संक्रमण, परीक्षा स्थगित
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए