घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता

घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता

bepatta

Photo: Farakdhar.com

महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। दिउँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान सम्पर्कविहीन भएका हुन् ।

दिउँसो घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको उनले बताए ।

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए। भंगहा सशस्त्र बेस क्यापबाट पनि प्रहरी खटिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds