विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलको मद्धतले जित निकालेको छ ।
समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो । हान भानाकेन र लियान्द्रो त्रोसार्दले समान २–२ गोल गर्दा मिचि बात्सुयायी, जेरेमी डोकु, डेनिस प्राएट र क्रिष्टियन बेन्टेकेले १–१ गोल गरे ।
यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हरायो । त्यस्तै समूह जी को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोल अन्तरले हरायो । मेम्फिस डिपेले २ गोल गरेको खेलमा स्टेभेन बर्घुइस, ल्युक डे जोङ, जर्जिन्हो विज्नाल्डम, डोन्येल मालेन र डोनी भान डे बीकले १–१ गोल गरे ।
समूहका अन्य खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले समान ३–३ गोलको बराबरी खेल्यो ।
समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।
अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोल अन्तरले हरायो ।
समूह एचको खेलमा साइप्रसले स्लोभेनियालाई १–०, क्रोएसियाले माल्टालाई ३–० ले र स्लोभाकियाले रुसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु