आगामी जेठ १ गतेदेखि आफ्नै सवारीसाधन प्रयोग गरी दुईपाँग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन पाइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट यस्तो व्यवस्था लागू हुने भएको हो ।
यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलीकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो ।
नयाँ व्यवस्था अनुसार सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गर्न लागेको हो । त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ ।
नयाँ निर्देशिका अनुसार परीक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परीक्षाको स्वरुप परिमार्जन गरेको हो ।
लिखित परीक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५र५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यही मध्येबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परीक्षामा उत्तिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।
नयाँ नियम अनुसार आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्ति गरे फेल हुने छ ।
यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ ।
उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वत फेल हुने छ । सवारी साधन निरीक्षण नगरी चलाएमा ३ अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ । यसरी समग्रमा प्रयोगात्मक परीक्षामा ६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’