गुलाबी ओठ कस्लाई मन पर्दैन होला र रु तर आजकाल व्यस्त जिवनशैलीले, अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यसैले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि हाम्रो आठ कालो भइदिन्छ । मानिसहरू आफ्नो ओठमा गुलाबी बनाउनका लागि विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले आठको प्राकृतिक चमकलाई फर्काउन सक्छ । यस्ता छन् ओठलाई गुलाबी बनाउने घरेलु उपाय :
बेसार र तिलको तेलको लेप
आधा चम्चा तिलको तेलमा एक चिम्टी बेसारलाई मिलाएर लेप बनाउने । त्यो लेपलाई ओठमा लगाएर हल्का मसाज गर्ने त्यसपछी ३० मिनेटसम्म छाडिदिने । त्यसपछी मन तातो पानीले धुने । यो प्रक्रिया दिनमा एक पटक गर्ने । बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुनेछ ।
तिल र नरिवलको तेलको लेप
सानो कचैरामा आधा चम्चा तिल र आधा चम्चा नरिवलको तेललाई राम्रो संग मिलाउने । त्यो तेललाई राती सुत्नु भन्दा अगाडी ओठमा लगाएर हल्का मसाज गर्ने । बिहान उठेर मनतातो पानीले पखाल्ने । यो प्रक्रिया एक महिनासम्म लगातार गर्ने । यस्ले तपाईको ओठलाई गुलाबी र कोमल बनाउछ ।
जैतुनको तेल र चिनी
जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दाने । ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ ।
गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने।
कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु