नेपाली जनताले बाह्य दुश्मनसँग आफ्ना सेनासँगै मिलेर भिड्नुपर्ने दिन आउला, नआउला वा कहिले आउला ? कुनै टुंगो छैन । तर, सेनाचाहिँ जस्तोसुकै अवस्थाको निम्ति पनि तयारीको मानसिकताका साथ सामूहिक अभ्यासमा जुटिसकेको छ ।
सन् १९७५ मा ५८ हजार अमेरिकी सेनाको ज्यान जाने गरी भियतनाममा भएको युद्धमा झैँ जनतासँग मिलेर युद्ध गर्ने अभ्यासतर्फ अहिले नेपाली सेना अग्रसर भएको हो । नयाँ सुरक्षा नीतिअनुसार माटो सुहाउँदो संरचना खडा गर्ने काममा नेपाली सेना अग्रसर छ । ‘थ्री प्लस वन’ (तीन बराबर एक) को कमाण्ड बनाउने योजनाअनुसार विभिन्न तीन पृतना गाभेर एउटा–एउटा बनाउने कामको कागजी तयारी पूरा भएको छ । आउँदो आर्थिक वर्ष हुने बजेट विनियोजनलगत्तै त्यो योजना कार्यान्वयन पनि हुँदैछ । यस्तो गर्दा विद्यमान पृतना मुख्यालयको संरचनालाई कोशी, गण्डकी र कर्णालीमा परिणत गरिनेछ ।
यसअनुसार, मध्यपूर्वी पृतनाअन्तर्गत सिरहाको भिमानमा हेलिकोप्टर र हतियारको व्यापक संयोजन र जनतासँग मिलेर विदेशीसँग लडिने लडाइँको अभ्यास चलेको हो । भिमान, बर्दिबास आसपासका जंगलमा गतहप्ता नेपाली सेनाका चार हजार जनाले गुप्त अभ्यास गरेका छन् । यो रणनीतिअनुसार विदेशीसँग लडाइँ गर्नुपर्ने अवस्था आएमा हात–हतियार, बन्दोबस्तीका सामानदेखि सैनिक लडाकुसमेत जनताको बीचमा घुलमिल हुनुपर्छ । यो भनेको विदेशी फौजले सेना हुन् कि सर्वसाधारण पत्तो नपाउने गरी युद्धमा सामेल हुने नीति हो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु