साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १-० ले पराजित भए पनि समग्रमा नतिा ३-३ को बराबरी हुँदा पीएसजी अवे गोलको आधारमा अघि रहेको हो ।
पीएसजीले पहिलो लेगमा बायर्नलाई ३-२ ले हराएको थियो ।
दोस्रो लेगमा पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।
पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
गत सिजन बायर्नले फाईनलमा पीएसजीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । पीएसजीले त्यसको बदला समेत लिएको छ ।
चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा
इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भए पनि समग्रमा जित हात पार्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।
पहिलो लिग २-० ले जितेको चेल्सीले समग्रमा २-१ को जित हात पार्दै अन्तिम चारमा पुगेको हो ।
सेभिलस्थित रामोन सान्चेज मैदानमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले इन्जुरी टाईममा गोल गरे ।
अब चेल्सीले सेमिफाइनलमा रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’