लसुन प्राय सबैको भान्सामा प्रयोग हुने मसला हो । खानालाई स्वादिष्ट बनाउँन बाहेक लसुनलाई केही लसनलाई खाना स्वादिष्ट बनाउनको लागि मात्र नभई उपचारमा पनि प्रयोग गरिदै आएको छ । लसुनलाई आयुवेर्दिक औषधीको रुपमा पनि लिइन्छ । यसका साथै लसुनको केही परम्परागत महत्व छन्, जसले नकारात्मक शक्तिलाई भगाउन सक्छ ।
किन राखिन्छ सिरानीमुनि लसुन ?
सिरानीमुनि लसुन राख्नुको आफ्नै पुरानो मान्यता छ । लसुनले मिठो निन्द्रा लगाउँछ भन्ने मान्यता राखिन्छ । यसले बिशेषगरी त्यस्ता व्यक्तिलाई फाइदा गर्छ, जसलाई निन्द्रा पर्न गाह्रो हुन्छ । त्यस्तै, मिठो निन्द्रा लगाउँन लसुनलाई अर्को तरिका पनि प्रयोग गर्न सकिन्छ । एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्राएर उमाल्नुहोस् । तीन मिनेटसम्म उमालेपछि सेलाउँन दिनुहोस् । अब एक चिनी चम्चा मह दुधमा मिसाएर पिउँनुहोस् । यद्यपि, राम्रो प्रभावका लागि तपाईले सुत्न ३० मिनेटअघि पिउँनुपर्ने हुन्छ ।
लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धको शान्त प्रभावले मिठो निन्द्रा लगाउँछ । एक पटक प्रयाग गर्नुहोस्, यो तरिका तपाई यसको असर थाहा पाउँनुहुनेछ । त्यस्तै, सिरानीमा लसुन राख्नाले हामीमा दिनभरी सकारात्मक प्रभाव पार्नका साथै अर्को दिनको लागि रातभर ऊर्जा संकलन गर्छ । सुरु सुरुमा लसुनको सुगन्धले केहीलाई अप्ठ्यारो पर्न सक्छ तर नियमित यसरी सिनारी मुनी लुसन राख्नाले बानी पर्छ र यसको बास्नाले राम्रो निन्द्रा पर्छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष