रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रियल म्याड्रिडले लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो ।
लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो ।
रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब सेमिफाइनलमा अर्को इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।
म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी खेलको १५ ओँ मिनेटमा नै पछि परेको थियो । १७ वर्षीय जुट बेलिङहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा रियल महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । खेलको ७५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।
सिटीले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो