राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो ।
वान्खडे स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनायो । राजस्थानका लागि डेभिड मिलरले ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै क्रिस मोरिसले ३६ रन बनाउँदा राहुल तिवातीयाले १९ रन बनाए ।
बलिङतर्फ दिल्लीका लागि आभास खानले सार्वधिक तीन विकेट लिए । त्यस्तै कगिसो रबाडा र क्रिस वोक्सले समान दुई-दुई विकेट लिए ।
यसअघि टस हरेर पहिले ब्याटिङ टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
दिल्लीका पाँच ब्याट्सम्यान दोहोरो अंक नजोडेर आउट भए । दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले सर्वाधिक ३ विकेट लिए । मुस्तफिजुर रहमानले २ विकेट लिँदा क्रिस मोरिसले १ विकेट हात पारे ।
आजको खेलमा जित निकालेसँगै राजस्थानले लिगमा २ खेलबाट २ अंक जोडेको छ । राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । यता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु