एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ मा पहिलो जित हात पारेको छ । चेन्नई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
जितका लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईका फाफ डु प्लेसिस ३३ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । मोईन अली ३१ बलमा ७ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए ।
साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ विकेट लिए । अर्शदीप सिंह र मुरुगन आश्विनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । पन्जाबका शाहरुख खानले ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए ।
झेय रिचर्डसनले २२ बलमा २ चौका सहित १५ रन बनाए । एक समय २६–५ को कमजोर अवस्थामा पुगेको पन्जाबलाई छैटौं विकेटका लागि महत्वपूर्ण ३१ रनको साझेदारी गरेका थिए । पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो । आज साँझ हुने खेलमा मुम्बई इण्डियन्स् र सनराइजर हैदराबादबीच प्रतिष्पर्धा हुन् छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो