पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन् ।
लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएकाले उपचार भइरहेको पश्चिम नवलपरासी जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्ले बताए ।
विज्ञसहितको टोलीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । गिद्ध मरेको स्थानमा दुई वटा कुकुरका शव खुला स्थानमा र थप दुई वटा कुकुरको शव बोरामा राखिएको अवस्थामा भेटीएकाले विषादी प्रयोग गरेर कुकुर मारिएको र कुकुरको सिनो खाना गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोप हुन लागेको गिद्ध एकै पटक ठूलो संख्यामा मृत अवस्थामा भेटिनु ठूलो क्षति भएको पक्षी संरक्षणविद् डीबी चौधरीले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु