खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका हुन्।
खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन्।
राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।
कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेका परेका नेपाली नागरिकहरुलाई उक्त सहयोगले केही भनेपनि राहत मिल्ने खाडीका मजदुरहरुले अपेक्षा गरेका छन्। उनीहरुले सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवस्यकता अनुसार वितरण गर्न सुझाब समेत दिएका छन्।
एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैर आवासीय नेपाल संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो