नेपालको पहिलो फ्रेन्चाइज लिग, नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ। फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो संस्करणको ‘एनएसएल’ उपाधि कब्जा गरेको हो।
दशरथ रगंशालामा खेलिएको फाइनल खेलको २१औं मिनेटमा मेसौके ओलोमोउले उत्कृष्ट गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता ओलोमोउले गरेको गोल नै निर्धारित गोल बन्न पुग्दा काठमाडौंले पहिलो ‘एनएसएल’को उपाधि उचाल्दै इतिहास रचेको छ। ओलोमोउले यस प्रतियोगितामा ९ खेल खेल्दै ८ गोल गर्न सफल भए।
यसैगरी विजयी टोली काठमाडौंले उपाधिसहित ३५ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उप-विजेता धनगढीले १५ लाख रुपैयाँ प्राप्त गरेको छ।
यसैगरी प्रतियोगितामा सबै विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरियो। त्यस्तै प्रतियोगिताका इमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरियो। उत्कृष्ट विधामा छानिएका खेलाडी तथा प्रशिक्षकको सूची यस्तो रह्यो।
उत्कृष्ट गोलरक्षक: किरण चेम्जोङ (धनगढी)
उत्कृष्ट डिफेन्डर: दिनेश राजवंशी (धनगढी)
उत्कृष्ट मिडफिल्डर: मेसौके ओलोमोउ (काठमाडौं)
उत्कृष्ट फरवार्ड: अन्जन विष्ट (ललितपुर)
इमर्जिङ खेलाडी: विश्वास श्रेष्ठ (काठमाडौं)
उत्कृष्ट प्रशिक्षक: बाल गोपाल महर्जन (काठमाडौं)
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो