दोस्रो डोज खोप लगाउनेलाई संक्रमण भएपनि जोखिम नहुने

दोस्रो डोज खोप लगाउनेलाई संक्रमण भएपनि जोखिम नहुने

Covishield_Vaccine covid khop

चिनियाँ भेरो सेल खोपको दोस्रो डोज आजदेखि लगाईंदै छ । तर भेरो सेलभन्दा एक महिना अगावै कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउँछन् अझै यकिन छैन । समयमै दोस्रो डोज नलगाए के हुन्छ त ?

कोभिसिल्ड खोपको पहिलो डोज १८ लाख २३ हजारभन्दा बढीले लगाएका थिए । तीमध्ये ३ लाख ७२ हजारले दोस्रो डोज लगाइसकेका छन् । उनीहरुले पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज पाएका हुन् । तर ६० वर्ष माथिका जेष्ठ नागरिक अन्य गरी १४ लाख ५१ हजार भन्दा बढीले दोस्रो डोज पाउन बाँकी छ । जेष्ठ नागरिकलाई फागुन २३ देखि पहिलो डोज दिइएको थियो । ८ देखि १२ हप्ताको मापदण्ड अनुसार उनीहरुलाई अबको तीन साताभित्र दोस्रो डोज दिइसक्नुपर्छ । तर सरकारसँग कोभिसिल्डको १ लाख डोज खोप मात्र बाँकी छ । थप खोप कहिले आउँछ स्वास्थ्य मन्त्रालयका अधिकारीसँग नै जवाफ छैन ।

विज्ञहरुका अनुसार पहिले संक्रमण भएकाहरुलाई खोपको पहिलो डोजले पनि काम गर्छ । तर पहिले संक्रमण नभएकाहरुमा भने पहिलो डोजले भाइरससँग जानपहिचान मात्र गराउँछ । दोस्रो डोज नलगाएसम्म ढुक्क हुँदैन । अर्थात पहिलो डोज मात्र लगाएकाहरुको तुलनामा दुवै डोज लगाउनेमा खोपको प्रभावकारिता बढी हुन्छ । १२ हप्ताभित्र दोस्रो डोज नपाएको अवस्थामा के हुन्छ भन्ने बारे भने अध्ययन भइसकेको छैन । अहिले पहिलो र दोस्रो दुवै डोज लगाएकाहरुमा पनि संक्रमण देखिरहेको छ । तर चिकित्सकका अनुसार एक डोज लगाउनेको तुलनामा दुवै डोज लगाउनेलाई सहज देखिएको छ ।

फागुन २३ देखि कोभिसिल्डको पहिलो डोज लगाएकाहरुको दोस्रो डोजबारे अन्योल रहँदा चैत २५ देखि भेरोसेलको पहिलो डोज लगाएका २ लाख ९० हजारलाई भने आइतबारदेखि दोस्रो डोज दिईंदैछ । – कान्तिपुर टिभीबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds